बैशाख ०७, २०८१, शुक्रबार
               

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई भेटेका छन् ।

आज (शनिबार) परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता भएको हाे ।

भेटपछि भारतीय रक्षामन्त्री सिंहले नेपाल र भारतबीच सरकारी र राजनीतिकमात्रै सम्बन्ध नभएको भन्दै आगामी दिनमा आपसी सम्बन्ध थप प्रगाढ बनाउने बताएका छन् ।

नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध रहेकाले आपसी सहकार्य बढाउने उनले बताए ।

परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली भारत गएका हुन् ।

शुक्रबार आयाेजित आयोगको बैठकमा कोरोना खोप र नेपाल-भारतबीचको समसामयिक विषयमा छलफल भएको थियो ।

यो पनि