बैशाख ३१, २०८१, सोमबार
               

एमसिसीबारे घनिभूत रुपमा छलफल चलाइरहेको छु: टोपबहादुर रायमाझी

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले एमसिसीबारे आफूले घनिभूत रुपमा छलफल चलाइरहेको बताएका छन् । 

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । ‘एमसीसी लागू गरौँ या खारेज गरौँ, तर, अब अलमलको अवस्थामा बस्नुहुँदैन,’ मन्त्री रायमाझीले भने, ‘म घनिभूत छलफल गरिरहेको छु, छिट्टै निर्णयमा पुग्छु ।’

सो क्रममा उनले एमसिसीबारे तुरुन्त निर्णय गर्नुपर्ने पक्षमा आफू रहेको पनि  बताए ।ऊर्जा संकट हटाउन ९९ बुँदे कार्ययोजना आफूले तयार पारेको बताउँदै उनले कुलमान घिसिडलाई आफैले राखेको बताए । उनले भने, ‘तर, सरकार ढलेपछि लोडसेडिङ हटाएको जस अर्कैले लियो ।’


कस्तो लाग्यो ?

यो पनि