बैशाख २३, २०८१, आइतबार
               

ओलीलाई नेपालको सुझाव: प्रधानमन्त्रीको पदबाट बाहिरिन खुट्टा उचालेर बस्दा हुन्छ

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपालपक्षीय अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिन तयार हुनका लागि सुझाव दिएका छन् । 

नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको ‘प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम विषयक’ अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

केपी ओलीको तानाशाही प्रवृत्तिका कारण  मुलुक पिल्सिएको बताउँदै उनले तानाशाही प्रवृत्तिका कारण कसैले पनि चिच्याउन नपाएको उनको भनाइ छ । 

‘हामी निसासिएपछि हामी बोल्न बाध्य भएका हौँ । उहाँले आफ्नो पार्टीसँगै प्रतिपक्षीको पनि मान मर्दन गर्नुभएको छ,’ सो कार्यक्रमलाई संबोधन गर्दै उनले भने, ‘पार्टीमा हामीसँग ७२ प्रतिशत छ ।’

केपी ओलीले विधानविपरीत केन्द्रीय संख्या थपेको बताउँदै उनले केपी ओलीले सडक छाप होइन, धुलोछाप पार्टी बनाएको बताए । उनले भने, ‘ओलीले बनाएको पार्टीमा मदन भण्डारी फाउन्डेशन मात्र छ । त्यहाँ पार्टी छैन ।’

यो पनि