बैशाख १७, २०८१, सोमबार
               

प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद : महेश बस्नेत

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद भएको बताएका छन् ।

नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका नेता बस्नेतले आज (बिहीबार) विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा 'प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद' भएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा नेता बस्नेतले भने, ‘उहाँ (प्रचण्ड) पूर्वएमालेको विरालो बोकेर हामीसँगै म्याउ गर्दै हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले संविधानअनुसार नै संसद विघटन गरेको समेत नेता बस्नेतले जिकिर गरे । 

लोकतन्त्रको महत्त्वपूर्ण पक्ष आवधिक निर्वाचन भएको भन्दै उनले विसंगतितर्फ जानुभन्दा डेढ वर्ष अघि चुनाव गर्नु उपयुक्त हुने धारणा राखे ।

६४ प्रतिशत जनमत बोकेको व्यक्तिले संसद विघटन गरेकाले संसद पुनर्स्थापना गर्नु भनेको जनताको अभिमतको अपमान हुने बस्नेतको तर्क छ । 

साथै उनले पार्टीले अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा अघि सार्नुपर्नेमा जोड दिए ।


कस्तो लाग्यो ?

यो पनि