काठमाडौं ।ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट विप्लव समूहका पश्चिम कमाण्डर प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।
एक स्रोतका अनुसार आजा(बुधबार) उनी सो क्षेत्रबाट पक्राउ परेका हुन् । उनी सो समूहका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।
बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुर र प्रहरीको विशेष व्यूरोको संयुक्त कमाण्डमा जिल्लाको दक्षिणी भेगमा नेत्रविक्रम चन्द विप्लव समूहमाथि कारवाही सुरु गरेको छ ।
कारवाहीको क्रममा सो समूहका उच्च नेताहरु पक्राउ परेको आशंका गरिएको छ । सो समूह विरुद्ध खानतलासी भइरहेको ललितपुर परिसरका प्रमुख एसएसपी किरण बज्राचार्यले पुष्टि गरेकी छिन् ।
प्रहरी स्रोतका अनुसार धर्मेन्द्र वास्तोला पक्राउ परेको बताइएपनि स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।