जेठ ०५, २०८१, शनिबार
               

प्रचण्ड-माधवलाई निर्वाचन आयोगको यस्तो जवाफ

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सोमबार निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया तत्काल रोक्न माग गरेका छन् ।

अदालतमा विचाराधिन मुद्दा भएकाले निर्वाचनसम्वन्धी प्रक्रिया अघि नबढाउन भन्दै अध्यक्षद्वयले आयोगलाई पत्र बुझाएका हुन् ।

यसैबीच, अध्यक्षद्वयलाई आयोगले 'सरकारले निर्वाचन तोकेपछि प्रक्रिया अगाडि बढाउनुपर्ने' जवाफ दिएको छ ।

सरकारले निर्वाचनको मिति नै तोकिदिएपछि निर्वाचनको काम बढाउनुपर्ने आयोगले बताएको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए ।

आयोगले संविधानबाहिर गएर काम गर्न नसक्ने भन्दै यसअघिको अभ्यासलाई हेरेर मात्र निर्वाचनको सामान्य तयारी गर्नुपर्ने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा भइसकेको छ ।

संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।​


कस्तो लाग्यो ?

यो पनि