जेठ ०७, २०८१, सोमबार
               

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसकाे रुपमा मनाउनुपर्छ : अध्यक्ष लोहनी

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले २९९ औं पृथ्वी जयन्तीको अवशरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत उनले शुभकामना व्यक्त गरेका हुन् । 

राष्ट्रिय एकताका निर्माता पृथ्वीनारायण शाहले गरेकाे योगदानको चर्चा गर्दै राष्ट्रनिर्माता शाहले गरेका कार्यलाई सम्मान गर्नुपर्ने र उनलाई श्रद्धाञ्जली दिनु सबै नेपालीकाे कर्तव्य भएकाे डा. लोहनीले बताएका छन् । 

पृथ्वीनारायण शाहले गरेको उल्लेखनीय कार्यले नेपाल राष्ट्र बनेको र शाहले राष्ट्रिय एकतामै आफ्नो जिन्दगी समर्पण गरेकाे डा. लोहनीले बताएका छन् । 

डा. लोहनीले पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए अहिले मुलुक नरहने भन्दै उनले गरेको कामलाई सरकारले मूल्याङ्कन गरी पृथ्वी जयन्तीलाई नेपालकाे राष्ट्रिय एकता दिवसकाे रुपमा मनाउनु पर्ने बताएका छन् ।

यो पनि