बैशाख २४, २०८१, सोमबार
               

झलनाथको आक्रोश : व्यक्तित्व बिर्सेर नेम्वाङ र खरेल ओलीका जागिरेमात्रै भए

नेपाल फ्ल्यास
पुस २५, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । प्रचण्ड- माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुअघि पनि अनेकौ पटक धम्की दिँदै आएको बताएका छन् ।

शनिबार काठमाडौँको चावहिलमा सम्पर्क समन्वय कमिटीद्वारा आयोजिन भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्रीले पटक–पटक धम्की दिँदै आएको बताएका हुन् ।

उनले संविधानले संसद विघटनको अधिकार नदिएको भन्दै यस विषयमा आफूहले संविधान निर्माणका क्रममा धेरै बहस गरेर यो प्रावधान राखेको बताए ।

उनले स्थिरता नभएसम्म देश विकास समृद्धितर्फ जान नसक्ने भएका कारण आफूहरुले स्थिरताका लागि विगतका अनुभवका आधारमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नराखेको बताए ।

संविधानमा हामीले प्रधानमन्त्रीले संसद विगठन गर्ने प्रावधान नै राखेनौँ’, उनले भने, ‘प्रधानमन्त्रीलाई यो अधिकार छैन ।’

उनले संविधानको धारा ७६ र १०० ले संसदभित्र नै वैकल्पिक सरकारका सम्भावना रहुँजेल संस विगठन हुन नहुने र संसद पाँचै वर्ष चल्नुपर्ने प्रवधान राखिएको जानकारी दिए ।

उनले धारा ७६ बनाउने क्रममा छलफलमा अनेकौँ घण्टा विताएको र यो कुरा हाल प्रधानमन्त्री ओलीका महान्यायाधिवक्ता रहेका अग्नि खरेल र तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई पनि थाहा भएको बताए । उनले नेम्वाङ र खरेलका भनाइहरु अहिले पनि सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको बताए ।

‘धारा ७६ फाइनल गर्दामात्रै हामीले अनेकौँ घण्टा बिताएका छौँ’, उनले भने यो कुरा सुवास नेम्वाङलाई थाहा छैन ? यो कुरा महान्यायाधीवक्ता अग्नि खेरललेलाई थाहा छैन ? थाहा छ, उनीहरुले विभिन्न वक्ताव्यमा भनेका छन्, मिडियामा बोलेका छन् । उनीहरुका कमिटमेन्टहरु अहिले पनि भाइरल भइरहेको अवस्था छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले खरेल नेम्वाङ आफ्नो व्यक्तित्व बिर्सेर ओलीजस्तो तानाशाहको जागिरे भएर बसेको आरोप लगाए ।

‘नेम्वाङ र खरेल आज केपी ओलीजस्तो तानशाहका पछाडि एउटा जागिरेजस्तो भएर बसेका छन् । उनीहरुसँग आफ्नो व्यक्तित्व, स्वतन्त्रता छैन’, उनले भने, ‘सोचुन् उनीहरुको पनि एउटा व्यक्तित्व थियो, त्यो व्यक्तिलाई स्थापित गरेर सही दिशामा अगाडि बढुन भन्ने हामी चाहन्छौँ ।’


कस्तो लाग्यो ?

यो पनि