बैशाख २४, २०८१, सोमबार
               

संविधानसभा सदस्य परिषद् भन्छ : संसद विघटन निरंकुश कदम हो

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं । संविधानसभा सदस्य परिषद्ले संसद विघटन निरंकुश कदम भएको बताएको छ ।

संविधानसभा सदस्य परिषद्ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संसद विघटन गैरसंवैधानिक भएको बताएको हो । परिषद्का सचिव डोरप्रसाद उपाध्यायद्धारा जारी विज्ञप्तिमा अग्रगामी प्रत्यत्न र संघर्षविरुद्ध निरंकुश शैलीमा संविधानमाथि धावा बोलिएको, र षड्यन्त्र, जालझेल, झुट र बेइमानीका अनगिन्ती पराकाष्ठाहरु नाघेर यस प्रकारको गैरसंवैधानिक हर्कत गरिएको उल्लेख छ । 

सो विज्ञप्तिमा भनिएको छ,‘मुलुकलाई थप जटिल बन्न नदिन संसद विघटनको कदम खारेज गर्न माग गरेको छ ।यो असंवैधानिक कदम सच्याउन गरिने शान्तिपूर्ण संघर्षहरुमा भाग लिन सबै संविधानसभा सदस्यहरुलाई अपील गर्दछ ।’


कस्तो लाग्यो ?

यो पनि