जेठ ०८, २०८१, मंगलबार
               

अमेरिकी संसद भवनमा भएको हिंसात्मक घटनाका कारण स्तब्ध छु : सभापति देउवा

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको बताएका छन्।

बिहीबार पार्टी सभापति देउवाले एक ट्विट गर्दै सो कुरा बताएका हुन् । सो ट्विटमा देउवाले युएस कंग्रेसमा भएको घटनालाई निर्लज्ज दृश्यले स्तब्ध बनाएको बताए । 

'अमेरिकी कँग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको छु । सत्ता हस्तान्तरण शान्तिपूर्वक हुनुपर्छ भनेर जनताले बोलिसकेका छन् । हामी अमेरिकी नागरिकको सुखद भविष्यको कामना गर्छौं,’ देउवाले भने । 

राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणित अमेरिकी संसदको संयुक्त बैठक बसेका बेला बुधबार ट्रम्प समर्थकले संसद भवनमा छिरेर तोडफोड गरेका थिए।  घटनामा चारको ज्यान गएको छ भने दर्जनौं पक्राउ परेका छन् ।

यो पनि