जेठ ०६, २०८१, आइतबार
               

केपी ओली नभई ओली प्रवृत्ति मन नपरेको नेता नेपालको भनाइ

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं  । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति समस्या भएको बताएका छन् ।

नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तर्क्रियामा नेता नेपालले सो कुरा बताएका हुन्  । सो अन्तरक्रियामा प्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि यसअघि आफूले संसदमा देश डुब्न लायो भनी अभव्यक्ति दिएको बताए । 

त्यही बोलेवापत आफूलाई खेदेको भन्दै उनले कार्यशैली सुधारका लागि पार्टीमा आवाज उठाएको बताए ।

कोरोनालगायत जनताका मुद्दामा पार्टीभित्र बहस गर्न खोज्दा छलफल नै नगरेपछि आफूहरुको केही नलागेको उनको भनाइ थियो । 

केपी ओली होइन, ओली प्रवृत्ति पार्टीभित्र र बाहिर सबैका लागि समस्या भनेको भन्दै उनले भने, ‘यो निरंकुश तानाशाही प्रवृत्ति हो । यो प्रवृत्तिले लोकतन्त्रमाथि धावा बोलेको छ, संस्थागत प्रणालीमाथि धावा बोलेको छ, संविधानमाथि धावा बोलेको छ ।’


कस्तो लाग्यो ?

यो पनि