जेठ ०६, २०८१, आइतबार
               

सभामुखद्वारा प्रतिनिधिसभा बैठक बोलाइयोस् : मिश्र

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटनपश्चात उत्पन्न राजनीतिक विकासक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आयोजना गरेको अन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुस गरेको संसद विघटन संविधानसम्मत् नभएकाले बैठक बोलाउनु पर्नेमा उनको जोड छ ।

‘यो संविधानमा कुल्चिएर गरिएको विघटन हो’, संयोजक मिश्रले भने, ‘प्रधानमन्त्रीले संविधान कुल्चिएको अवस्थामा सभामुखले म संविधानको पालना गर्छु भनेर प्रतिनिधिसभा बैठक बोलाएर अविश्वासको प्रस्तावमा छलफल गराउनु उपर्युक्त हुन्छ ।’

यो पनि