जेठ ०६, २०८१, आइतबार
               

संसद् विघटनविरुद्धको अर्को सुनुवाइ पुस २९मा हुने

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद् विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ पुस २९मा हुने भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासमा बुधबार सुनुवाइ भएको थियो ।

प्रधानन्यायाधीशले गठन गरेको संयुक्त इजलासमा रहेका कार्कीमाथि सो इजलासमा बस्न नहुने भनी प्रश्न उठाएपछि उनी  इजलासबाट बाहिरिएका छन् । बुधबार अधिवक्ताहरुले न्यायाधीश कार्की इजलासमा बस्न नहुने तर्क पेश गरेसँगै उनी सो इजलासबाट बाहिरिएका हुन्। 

यस्तै, विघटन विरुद्धका रिटहरु संविधानको धारा १२८ कि धारा १३७ अन्तर्गत बहस गर्ने भन्नेमा विवाद देखिएको छ। सर्वोच्च अदालतमा रिट निवेदन दिएका १२ जना निवेदकहरुले संविधानको धारा १२८ अन्तर्गत बृहत् पूर्ण इजलासमार्फत सुनुवाई हुनु पर्ने माग राखेका छन् । 


कस्तो लाग्यो ?

यो पनि