काठमाडौं । संसद विघटनको विरोधमा संघर्षरत नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आज विभिन्न पार्टीहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।
केन्द्रीय संघर्ष समितिकोआयोजनामा प्रमुख सवै राजनीतिक दलका शीर्ष नेताहरुसँग अन्तरक्रिया रािखएको संघर्ष समितिका सचिव डा. विजय पौडेलले जानकारी दिए ।
पौडेलले भने, ‘हामीले सबै राजनीतिक दलका अध्यक्ष तथा सभापतिलाई अन्तरक्रियामा निमन्त्रणा गरेका छौँ । यो विषय सबैको साझा विषय भइसकेको छ ।’
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनगर्दै निर्वाचनको घोषणा गरेकी थिइन् ।
सरकारको उक्त कदमको नेकपाको प्रचण्ड–माधव समूहलगायत अन्य दलहरुले विरोध गर्दै आइरहेका छन् ।