जेठ ०४, २०८१, शुक्रबार
               

संसद विघटनप्रति प्रधानमन्त्रीसमेत खुसी हुनुहुन्न : मन्त्री साह

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले संसद विघटनप्रति कोही खुशी नभएको बताएका छन् । जनकपुरमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सो क्रममा उनले संसद विघटन आफैँमा आत्मघाती भएको बताए । 

‘केही नेता संसद विघटनलाई असंवैधानिक र प्रतिगमन भन्छन्, हामी आफैँ पनि संसद विघटनबाट खुशी छैनौँ,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीजी समेत खुशी हुनुहुन्न । हामीले पाँच वर्षका लागि जितेका हौँ भने तीनै वर्षमा छाडीदिऊँ भनेर कसले चाहान्छ । यसबाट कोही खुशी छैनन् । त्यसैले यो आफैंमा आत्महत्या हो । तर, यो बाध्यता हो ।’

तर, संसद विघटन संविधानसम्मत रहेको उनको भनाइ छ । संसदबाट दोस्रो सरकार बन्ने सम्भावना नरहेको अवस्थामा मध्यावधि निर्वाचनमा जाने प्रावधान रहेको बताउँदै उनले प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा उनीसँग ६२ प्रतिशत सांसद रहेको बताए । 

साहले संसद विघटनको मुद्दा अदालतमा चलिरहेको समयमा त्यसको प्रतिक्षा गर्नुको साटो प्रचण्ड माधव पक्षले आन्दोलन गरेर गैरजिम्मेवारी ढगंले देश बर्बाद गरिरहेको भन्दै आक्रोश व्यक्त गरे । 

यो पनि