बैशाख २५, २०८१, मंगलबार
               

पराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाने

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् । नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिनका लागि उनी सोतर्फ जान लागेका हुन् ।

परराष्ट्रका अनुसार उनी जनावरी दोस्रो साता सोतर्फ जानेछन । यसअघि भारतीय विदेशसचिव हर्षवर्द्धनले उनलाई भारत भ्रमणको निम्ता दिएका थिए ।

मन्त्री ज्ञवालीले भ्रमणका क्रममा नेपाल-भारतबीच देखिएको सीमा विवादका विषयमा छलफल हुने बताइएको छ। डिसेम्बर दोस्रो साता भारत भ्रमणको लागि तयारी गरिएको भए पनि नेकपाभित्रको विवाद र संसद विघटनका कारण उक्त तयारी रोकिएको थियो ।

नेकपा फुटलाई नजिकबाट नियालिरहेको भारतको भ्रमणमा मन्त्री जाने भएपछि सो भ्रमणलाई महत्वपूर्ण रुपले हेरिएको छ ।यो बीचमा भारतीय रअ प्रमुख, सेनाप्रमुख र भारतीय विदेशसचिवले नेपालको भ्रमण गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि