बैशाख १२, २०८१, बुधबार
               

नेकपामा देखिएको विवाद अग्रगमन र प्रतिगमनबीचको अन्तरसंघर्ष हो  : प्रवक्ता श्रेष्ठ

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा अग्रगमन र प्रतिगमनबीच अन्तरसंघर्ष भएको बताएका छन् । 

मंगलबार राजधानीमा नेकपा बिटका सञ्चारकर्मीसँगको छलफलमा प्रवक्ता श्रेष्ठले सो कुरा बताएका हुन् ।सो क्रममा उनले भने, ‘संविधानअनुसार संसद सुचारु हुन्छ ।’ यसका अलवा उनले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको बाटो हिँडेको बताए ।

सरकार बन्न नसकेको अवस्थामा मात्रै अर्को चुनावमा जान सकिने बताउँदै उनले प्रधानमन्त्रीले सत्ताको दुरुपयोग गर्दै संवैधानिक निकायमाथि हस्तक्षेप बढाएको आरोप लगाए । 

उनले भने, ‘अदालत, निर्वाचन आयोगमा सेटिङ मिलाएको छ भन्ने हल्ला चलाएको भरमा हुँदैन । सेटिङ मिलाएको भन्नु संवैधानिक निकायमाथिको अवहेलना हो । यदि यी निकायलाई दबाबमा राख्न खोजेमा जनता जाग्नेछन्, यस्तो हुन जनताले दिँदैनन् ।’

यस्तै, श्रेष्ठले पार्टीको आधाकारिता र  चुनाव चिन्ह आफूहरुसँगै बताए । पार्टी ऐनअनुसार तत्कालीन पार्टीको बहुमत सदस्य भएको पार्टी नै मुख्य पार्टी  हुने व्यवस्था छ,’ सो क्रममा उनले भने, ‘ त्यसैले हामी नै आधिकारिक नेकपा हौँ ।’

यो पनि