जेठ ०४, २०८१, शुक्रबार
               

पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाइयो

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल –नेपाल समूहले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेललाई पदबाट हटाएको छ ।

नेकपा दाहाल–नेपाल समूहको सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाएको हो । 

संसद विघटनसँगै दुई धारमा विभाजन भएसँगै विकसित राजनीतिक घटनाक्रमका आधारमा नेकपा दुई धारमा छ । जसका कारण नेकपामा एकअर्कालाई कारबाही र निष्कासन गर्ने क्रम जारी छ । यसअघि सो पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि अध्यक्ष पदबाट हटाएको थियो । 


कस्तो लाग्यो ?

यो पनि