जेठ ०४, २०८१, शुक्रबार
               

शंकर पोखरेल भन्छन् : प्रचण्ड-माधव आफ्नै हर्कतको परिणाम भोगिरहेका छन्

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

चितवन ।नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डले आफ्नै हर्कतको परिणाम भोगिरहेको बताएका छन् ।

ओली समूहको चितवन भेलालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमान गर्ने प्रचण्डको प्रयास असफल हुँदा प्रचण्डको सो अवस्था भएको उनको भनाइ छ । 

‘ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने गर्नुहुन्छ, माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो,’ पोखरेलले भने, ‘तर, एउटै चिजको प्रयोगले सधैं सफल भइँदैन ।’

त्यसैगरी,अर्का नेता माधव नेपालले पनि आफ्नै हर्कतको परिणाम भोगिरहेको बताएका छन् । टाउकोमा हान्न खोजेपछि ओलीले संवैधानिक अधिकार प्रयोग गरेर प्रचण्ड–माधवहरुलाई सडकमा पुर्‍याइदिएको उनको  भनाइ छ । 

पोखरेलले भने, ‘तपाईंले जे हर्कत गर्नुभयो, त्यो अहिले भोग्दै हुनुहुन्छ ।’नेकपा विभाजनको प्रमुख कारण प्रचण्डले पेस गरेको आरोपपत्र नै भएको उनले बताए । ‘तपाईंलाई इतिहासले कहिल्यै माफी गर्ने छैन’, पोखरेलले भने ।


कस्तो लाग्यो ?

यो पनि