बैशाख २५, २०८१, मंगलबार
               

विष्फोटक पर्दार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ परेका छन् । कालिकोट नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा नरहरिनाथ गाउँपालिका–९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादर पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार उनीहरूको साथबाट अर्धनिर्मित काठको एक थान बन्दुक, प्रेसर कुकर बम, तार, डेटोनेटर, पटाका, बम बनाउने सकेट, ब्याट्री चार्जर, सेफ्टी फ्युज, गन्धक, सोडा, निप्पो लाइट लोला, वायर कटर, टेलिफोन तार र केप बनाउन प्रयोग गरिने आल्मुनियमलगायत विस्फोटक पदार्थ नियन्त्रणमा लिएको छ ।सो विष्फोटक पदार्थ दुर्गबहादुर बोहोराको घरमा लुकाइछिपाइ राखेको अवस्थाबाट बरामद गरिएको बताइएको छ । 

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ ।


कस्तो लाग्यो ?

यो पनि