मंसिर ०७, २०८१, शुक्रबार
               

प्रचण्ड-नेपाल पक्ष कार्यकर्ता बिनाको नेताको मात्र झुण्ड : शंकर पोखरेल

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड-नेपाल पक्षलाई कार्यकर्ता बिनाको नेताहरुको झुण्ड भएको आरोप लगाएका छन् ।

रुपन्देही जिल्लाका अगुवा कार्यकर्तालाई बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पार्टी निर्माण गर्ने कार्यकर्ता आफुहरु तीर रहेको दाबी गर्दै नेताहरुको झुण्डमात्र बोकेर पार्टी नबन्ने बताए ।

पोखरेलले प्रचण्ड नेपाल पक्ष निर्वाचनसँग डराएर हामी यहाँ छौ भनेर सडकमा बसेको टिप्पणी गरे । अध्यक्ष ओलीकै कारण पार्टी झण्डै २ तिहाईमा आएको पोखरेको दाबी छ ।

प्रचण्डलाई जिताउन पनि ओली नै जानु पर्ने, माधव नेपाललाई जिताउन पनि ओली नै जानु पर्ने, अनि चुनाव सकिए लगत्तै प्रधानमन्त्री उनीहरुलाई चाहिने ? पोखरेलले प्रश्न गरे ।

पोखरेलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा २ तिहाई भएकै बेला विघटनको सिफारिस गरेकाले सिफारिस वैधानिक रहेको दाबी गरे ।

संसदमा संसदीयदल विघटन नभएको र कानुनीरुपमा संसदीयदलमा २ तिहाई कायम रहेका अवस्थामा प्रधानमन्त्रीको अन्य बिकल्प नरहेकाले सिफारिस अवैधानिक हुनै नसक्ने उनको दाबी छ ।

स्थायी कमिटी सदस्य समेत रहेको पोखरेलले प्रथम अध्यक्ष र महासचिव नभएको पाटी पनि आधिकारीक हुन नसक्ने बताए । उनले विधान अनुसार हस्ताक्षर चल्ने प्रथम अध्यक्ष र प्रमाणिकरण गर्ने महासचिव जता आधिकारीक पार्टी पनि त्यतै रहने व्यवस्था रहेको स्पष्ट पारे ।


कस्तो लाग्यो ?

यो पनि