जेठ ०६, २०८१, आइतबार
               

सभामुखलाई बैठक आह्वान गर्न जसपाकाे अनुरोध

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच आज छलफल भएकाे छ । 

सभामुख सापकोटासँगको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको निष्कर्षसहित संसद बैठक आह्वान गर्न दबाब जसपाले दोहोर्‍याएकाे छ । 

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक आह्वान गर्न आग्रह दोहोर्‍याउदै बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्णले भेटेका हुन् । 

आफू विभिन्न निकाय र विज्ञसँग परामर्शमा रहेकोले छलफलकै आधारमा कदम चाल्ने बताएको सापकोटाको सचिवालयले जनाएको छ । यसअघि पनि जसपाले बैठक आह्वानकाे माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । 


कस्तो लाग्यो ?

यो पनि