जेठ ०५, २०८१, शनिबार
               

नेकपालाई आयोगको पत्र- ‘कानुनी ढाँचा र प्रमाणसहित आधिकारिकता दावी गर्न आउनू’

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुबै पक्षलाई आफू आधिकारिक रहेको पुष्टि गर्ने प्रमाणसहित कानुनी ढाँचाको निवेदन लिएर आयोगमा आउन पत्राचार गरेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक रुपमा विभाजित नेकपाका दुबै पक्षलाई आफ्नो पक्षको आधिकारिकता पुष्टि गर्ने प्रमाणसहित दावी निवेदन पेस गर्नका लागि पत्र पठाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार आयोगले दुबै पक्षलाई कानुनी ढाँचामा निवेदन ल्याउन पत्र पठाएको छ ।

पत्रमा म्याद नतोकिएपनि सामान्यतया यस्तो पत्रको म्याद एक साताको हुने गर्दछ ।


कस्तो लाग्यो ?

यो पनि