जेठ ०७, २०८१, सोमबार
               

प्रचण्ड-नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ ।

प्रचण्ड-नेपाल पक्षले दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गर्न लागेको हाे । 

पत्रकार सम्मेलनअघि कार्यक्रमको स्वरुपबारे नेताहरुबीच छलफल गरिने एक नेताले जानकारी दिए । 

प्रचण्ड-नेपाल पक्षले यसअघि नै प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो ।

अबको आन्दोलनका कार्यक्रम वडादेखि पालिका, प्रदेश र केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा गर्ने तयारी भएको संघर्ष समितिका एक सदस्यले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि