जेठ ०६, २०८१, आइतबार
               

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम हो : कांग्रेस नेता देव

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेस नेता तथा राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले संसदमा सरकार बनाउने क्षमता पटकपटक परीक्षण नभएसम्म प्रतिनिधिसभा विघटन हुन नसक्ने बताएका छन्।

नेपालको संविधानको धारा ७६ को कुनै पनि उपधारामा कहीँ कतै पनि बहुमतको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताउँदै शुक्रबारबाट सुरु भएको राष्ट्रियसभाको पहिलो बैठकलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

वैकल्पिक सरकार बन्न सक्छ कि सक्दैन भनेर प्रतिनिधि सभामा पाँच पटक परीक्षण गरेर मात्र प्रधानमन्त्रीले सभा विघटनको कुरा लिएर राष्ट्रपतिकोमा जान सक्ने उनको भनाइ छ । संबोधनका क्रममा तीनपटक प्रतिनिधिसभा विघटन गरिएको हुँदा त्यस्तो अस्थिरता नहोस् भनी निकै सोच विचार गरी त्यो प्रावधान राखिएको उनले बताए । 

‘म पनि संविधान निर्माणमा सक्रिय सहभागी हुने सभासद् हुँ,’ उनले भने, ‘सालैपिच्छे सरकार फेरिने र अस्थिरता रोक्नको लागि राजनीतिक रुपमा धारा ७६ मा यो व्यवस्था राखिएको हो।’ प्रतिनिधिसभा विघटनलाइ उनले  हुनुलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेका छन् । 

यो पनि