जेठ ०७, २०८१, सोमबार
               

दिनानाथ शर्माको गौतमलाई सुझाव : पार्टी एकीकरणका लागि कुनै रसायन छ भने प्रयोग गर्नुस्

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका नेता तथ राष्ट्रियसभाका सदस्य दिनानाथ शर्माले पार्टी उपाध्यक्ष बामदेव गौगमसमक्ष पार्टी विभाजन रोक्ने कुनै उपाय प्रयोग गर्न सुझाव दिएका छन् । 

शुक्रबार राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकमा नेता शर्माले सो कुरा बताएका हुन् । उनले भने, 'हामी विभाजित हुन गइराखेका छौं । अझै पनि हामी एकठाउँमा हुनसक्ने सम्भावना छन्, त्यस्ता किसिमका समीकरण रसायनहरू छन् भने ती रसायनहरूबाट जोड्नका लागि प्रयत्न हुनेछ । त्यसका लागि प्रयासरत रहौँ । वामदेव गौतमको प्रयत्न सफल रहोस् ।'

नेकपा विभाजन सिद्धान्त र दर्शनको आधारमा नभई राजनीतिक कारण भएको उनको भनाइ छ । पार्टी विभाजन भएकोमा दुःख व्यक्त गर्दै उनले भने, ‘यस्तो अवस्थामा हामी यहाँ उभिएका छौँ । नेकपा बन्दाखेरि म सबैभन्दा खुसी थिए । नेपाली जनता खुसी थिए । विभाजनको संघारमा हुँदा मेरो मुटु चिरिएको, मुटु फुटेको अनुभव गरेको छु । इतिहासमा जुट्यौं पनि फुठ्ट्यौं पनि । विगतका फुटहरूमा मलाई यती धेरै पीडा हुने थिएन ।’

राजनीतिक दल विभाजन हुँदा लोकतन्त्र र व्यवस्था कमजोर हुने शर्माको भनाइ थियो ।

यस्तै, उनले पार्टीको अन्तरविरोधका कारणले जननिर्वाचित प्रतिनिधिसभा सहिद हुन पुगेको बताए । प्रतिनिधिसभा विघटन हुन् उचित नभएको बताउँदै उनले  प्रतिनिधिसभा विघटनबारे राष्ट्रियसभाको बैठकमा छलफल उठ्ने र दलका सांसद विभाजित मानसिकता लिएर सदनमा आउनुपरेको बताए ।

यो पनि