बैशाख १५, २०८१, शनिबार
               

जनादेशबाट बन्ने नयाँ संसदले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्छ : गृहमन्त्री थापा

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । ओली नेतृत्वको नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले प्रतिक्रान्तिको खतरा रोक्न र विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने निर्णय गरेको बताएका छन् । 

आफूहरु  पार्टी फुट, गुट, अस्थिरताविरुद्ध र संमृद्धि र विकासका पक्षमा भएको बताउँदै उनले संसद विघटन गर्ने कदम अग्रगामी कदम भएको बताए ।

शुक्रबार भएको एक कार्यक्रममा नेता थापाले सो कुरा बताएका हुन् । 

‘नेकपाका केही नेताको राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्ष बन्ने महत्वाकांक्षामाथि प्रतिक्रियादीहरु खेलेका छन्,’ थापाले भने, ‘प्रतिक्रान्तिको खतरा, रोक्न, विभाजित आन्दोलनलाई पुनःसंगठित गर्न, राजनीतिक स्थायित्व स्थापित गर्नका लागि नेकपाको नेतृत्वले यी चुनौतीलाई सामना गर्न जनतामा जाने निर्णय गरेको हो।’  

संसदको पुनःस्थापनाबाट समस्याको समधान ननिस्कने उनको भनाइ छ । ‘अब नयाँ संसदको स्थापनाको विकल्प छैन,’ उनले भने, ‘पुरानो संसदले स्थायित्व दिन सक्दैन, त्यसैले संसदको पुनस्थापना होइन् नयाँ संसदको स्थापना आजको हाम्रो सही मार्गचित्र हुनसक्छ ।’

जनादेशबाट बन्ने नयाँ संसदले पार्टीलाई र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि