जेठ ०४, २०८१, शुक्रबार
               

प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

उपाध्यक्ष गौतम शुक्रबार बिहान साढे ९ बजे अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् ।

उनीहरुबीच झण्डै आधा घण्टा छलफल भएको बताइएको छ । 

खुमलटार स्रोतका अनुसार, ‘उहाँहरुबीच आधा घण्टा समसामयिक राजनीतिक, पार्टी गतिविधि लगायतका विषयमा छलफल भयो ।’

पार्टी विभाजनपछि गौतम कुनै समूहमा नलागी तटस्थ बसिरहेका छन् ।

उपाध्यक्ष गौतम संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताउँदै आएका छन् ।

उनले आफू प्रधानमन्त्रीको कदम सच्याउने र पार्टी एकताको पक्षमा रहने भन्दै तत्काल कुनै पनि समूहमा नलाग्ने बताएका छन् ।

गत शनिबार पनि उपाध्यक्ष गौतमले प्रचण्डलाई भेटेर पार्टी एकताको विकल्प नरहेको भन्दै एक अर्काबीच दूरी बढाउने गरी आन्दोलनका कार्यक्रम नगर्न आग्रह गरेका थिए ।

यो पनि