बैशाख १७, २०८१, सोमबार
               

महेश बस्नेतलाई गाली गरेकै अभियोगमा पक्राउ गरेकालाई छाड : कांग्रेस

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौं । सांसद महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पूर्वप्रहरी डिल्लीबहादुर चन्द पक्राउप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस कार्यकर्तासमेत रहेका पूर्वप्रहरी सहायक निरीक्षक (असई) चन्दले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर प्रहरीले प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरेको कांग्रेसको निष्कर्ष छ ।

कोरोना महामारी चलिरहेका बेला दलविभाजन अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनुजस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरुले घटनाको विरोध गरेर सामाजिकसञ्जालमा लेखेकै हुन्’, प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारबाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै ब्यवस्था छ ।’

कानुनी प्रक्रियाभन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण भएको कांग्रेसको ठहर छ ।


कस्तो लाग्यो ?

यो पनि