बैशाख ०८, २०८१, शनिबार
               

कार्यकर्ताहरुलाई नारायणकाजीको यस्तो आग्रह

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी कार्यकर्ताहरुलाई एकअर्काविरुद्ध गालीगलौजमा नलाग्न आग्रह गरेका छन् ।

आज (बिहीबार) सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यकर्ताहरुलाई विचार, सिद्धान्त, राजनीति, मूल्य र तथ्यमा आधारित भएर छलफल तथा बहस गर्न आग्रह गरेका हुन् ।

प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदमविरुद्ध आफूहरुले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रको पक्षमा संघर्ष गरिरहेको पनि उल्लेख गरेका छन् ।

साथै उनले पुस ५ गते असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेको र पुस ७ गते पार्टीलाई कमजोर पार्ने तथा कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने उद्देश्यका साथ गुटगत कदमलाई उत्कर्षमा पुर्‍याएको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले गुट चलाए पनि पार्टी विभाजन नभएको संकते गर्दै कसैले कसैप्रति गालीगलौजमा नउत्रिन प्रवक्ता श्रेष्ठले अपिल गरेका हुन् ।

यो पनि