बैशाख ३१, २०८१, सोमबार
               

मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मीले बोलाइन् संसदीय दलको बैठक

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मी शाक्यले प्रदेश सभा संसदीय दलको बैठक बोलाएकी छन् ।

शाक्यले काठमाडौंमा प्रदेश सभा संसदीय दलको बैठक बोलाएकी हुन् ।

सत्तारुढ नेकपामा केन्द्रमा राजनीतिक विभाजन भएपछि त्यसको असर तल्लो कमिटीहरुमा पनि पुगेको छ । प्रदेश सभामा रहेका नेकपाका प्रचण्ड-माधव समूहका सांसदहरुको भेला आज बस्न लागेको प्रदेश सभा सदस्य तथा निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

यसअघि प्रदेश सभामा शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

जवाफमा पौडेलले संसदीय दलको उपनेता र सचेतकलाई कारबाही गरी बर्खास्त गरिसकेका छन् ।

यो पनि