बैशाख १७, २०८१, सोमबार
               

विप्लव र अन्य तीन कम्युनिस्ट पार्टीबीच संयुक्त मोर्चा निर्माण गर्ने सहमति

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । विगत केही वर्षदेखि प्रतिबन्धित रहँदै आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी र अन्य तीन साना कम्युनिस्ट पार्टीबीच रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएकाे छ ।

 मंगलबार एक संयुक्त विज्ञप्ति जारी गरी सो  कुरा सार्वजनिक गरिएको हो । 

मंगलबार दलले ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको सो विज्ञप्तिमा उल्लेख छ । 

जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरङ्कुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताकाविरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहल कदमीका निम्ति हामी तीन पार्टीबीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गरिनेछ ।’

सो विज्ञप्तिमा वैदेशिक शक्तिको आड, भरोसा र इसारामा सरकारले संसद् विघटन गरेको उल्लेख छ । संसद विघटन आन्तरिक मामिला नभएको भन्दै उनीहरुले यसलाई संसदीय व्यवस्थाको असफलताको द्योतकको संज्ञा दिएका छन् ।

यो पनि