जेठ ०७, २०८१, सोमबार
               

डिआइजीमा बढुवाका लागि नौ जना सिफारिस

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिले नौ जनालाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको छ । सोमबार नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस भएका हुन् ।

डिआइजी बढुवाका लागि सिफारिस हुनेमा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत गणेशबहादुर ऐर पुरुषोत्तम कँडेल क्रमश: सिफारिस भएका हुन् । 

त्यसैगरी, प्रहरी प्रधान कार्यालय आतंकवाद नियन्त्रण महाशाखा नक्साल, काठमाडौंमा कार्यरत राजेश कुमार लाल कर्ण बढुवाको, प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौंमा कार्यरत डा देवबहादुर बोहरा, प्रहरी प्रधान कार्यालय यूएन महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका दिवेश लोहनी छन् ।

यस्तै, बढुवाका लागि सिफारिस हुनेमा थप प्रदेश १मा कार्यालय प्रहरी कार्यालय विराटनगरका रामकृपाल साह, प्रहरी प्रधान कार्यालय प्रहरी निरीक्षणालय नक्सालका उमेश रञ्जितकार, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा वैदेशिक महाशाखा नक्सालका प्रकाश अधिकारी र प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा कार्यरत मुकुन्दराज आचार्य छन् । 

यो पनि