जेठ ०६, २०८१, आइतबार
               

जसपाले पुस २१ देखि माघ ७ सम्म देशव्यापी आन्दोलन गर्ने

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले दुईहप्ते आन्दोलनका कार्यक्रम गर्ने भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै जसपाले सो जानकारी दिएको हो । २१ पुसदेखि ७ माघसम्म देशव्यापी प्रदर्शन गर्ने सो विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ, जसपाद्वारा घोषित कार्यक्रमको कार्यतालिका

पुस २१ मा नागरिक समाज, बौद्धिक वर्गलगायतसँग बृहत् अन्तरक्रिया कार्यक्रम पनि गर्ने  बताइएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहेका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता लक्ष्मणलाल कर्णले  २५ पुसमा धनगढीमा सम्बोधन गर्ने कार्यक्रम छ ।सोही दिन नै धनगढीमा नवराज सुवेदी, दुर्गा सोव र गोविन्द चौधरी र भैरहवामा जसपा अध्यक्ष महन्थ ठाकुर, नेता महेन्द्रराय यादव र सर्वेन्द्रनाथ शुक्लले सम्बोधन गर्नेछन् ।

त्यसैगरी, पुस २७मा वीरगञ्जमा उपेन्द्र यादव, लालबाबु राउत, वृषेशचन्द्र लाल, नेपालगञ्जमा मो.इस्तियाक राई, महेन्द्रराय यादव, अमृता अग्रहरी र जनकपुमा जसपा वरिष्ठ नेता राजेन्द्र महतो, रेणुकुमारी यादव र शरतसिंह भण्डारीले संबोधन गर्नेछन् । 

पुस २९ मा पोखरामा डा. भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठ शरतसिंह भण्डारी, सुर्खेतमा मो.इस्तियाक राई, नवराज सुवेदी, जितेन्द्र सोनल र विर्तामोडमा रकम चेम्जोङ, हेमराज राई, डम्बर खतिवडा र मनिष सुमनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

३ माघमा धरानमा अशोक राई, रकम चेम्जोङ, परशुराम खापुङ, युवराज कार्की, मलंगवामा राजेन्द्र महतो, महेन्द्रराय यादव, उपाकान्त झा, सिराहामा रेणुकुमारी यादव, अनिल झा, विजय यादव, राजकिशोर यादव, कलैयामा रामसहाय यादव, जितेन्द्र सोनल, प्रकाश अधिकारी, चन्दा चौधरी र तौलिहवामा शरत्सिंह भण्डारी, मृगेन्द्रसिंह यादव र एकवाल अहमद शाह वक्ता रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि