बैशाख २६, २०८१, बुधबार
               

प्रतिबन्धित विप्लव समूह र प्रहरीबीच गोली हानाहान

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

संखुवासभा । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

दुई क्षबीच संखुवासभाको संखुवासभाको टोली चैनपुर–४, मैदानेमा गोली हानाहान भएको हो । एक स्रोतका अनुसार संखुवासभाको प्रहरीको टोली चैनपुर–४, मैदानेमा पुगेपछि विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरी फायरिङ गरेका थिए । सोपश्चात् प्रहरीले जवाफी फायरिङ गरेको थियो ।

विशेष सुराकीका आधारमा खटिएको सो स्थानमा पुगेको थियो । सो स्रोतका अनुसार विप्लव समूहका कार्यकर्ताले पाँच राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले दर्जन बढी गोली चलाएको थियो । 

विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहित केही व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो । 

प्रहरी टोली घरमा छिर्ने बित्तिकै बाहिरबाट समूहका कार्यकर्ताले गोली चलाएको स्रोतको भनाइ छ । त्यसपछि थप मद्दतका लागि गएको प्रहरी टोलीले जवाफी फायरिङ गरेको हो ।

मैदानेमा केही महिना अघिबाटै विप्लव समूहका नेता, कार्यकर्ता देखिएने गरेका थिए । यसअघि त्यही आसपासकै क्षेत्रमा पनि प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोलीहानाहान भएको थियो ।

गोली चलाउँदै समूहका नेतासहित ३ जना जंगलतिर भागेको सो स्रोतले जानकारी दियो । प्रहरीले उनीहरुबाट  विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज र मोबाइल फोनलगायत बरामद गरेको छ ।

यो पनि