बैशाख १७, २०८१, सोमबार
               

वैशाखमा मध्यावधि चुनाव गर्नका लागि घोषणा भएको होइन : नेता भुसाल

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताएका छन् ।

नेता भुसालले आइतबार गृहजिल्लामा भएको भेलालाई संबोधन गर्दै यस्तो बताएका हुन् । 

‘चुनावमा जाने बाटो, प्रयोजन र प्रक्रिया सबै गलत भएको भन्दै उनले वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँदैन,’ संसद पुनर्स्थापित हुने चार महिना पनि नलाग्ने उनले बताए ।

नेता भुसालले भने, ‘राजाले विघटन गरेको संसद त आन्दोलनको बलमा पुनर्स्थापना गरियो, अहिले नहुने कुरै छैन ।’ संसद पुनर्स्थापना नभए संविधान च्यातिन सुरु हुने र संविधानविरोधीले टाउको उठाउने मौका पाउने भुसालले औंल्याए ।

त्यसैगरी, पार्टीका सबै कमिटी र संसदीय दलमा समेत अल्पमतमा परेको भन्दै उनले विधि विधानविपरीत ओली संसद विघटन गरेको उनको आरोप छ । यसका अलवा प्रधानमन्त्रीको कदमको विपक्षमा ओली समूहकै धेरै नेता रहेको पनि उनले बताए । 

पार्टीले सरकारलाई काम गर्न नदिएरै संसद विघटन हुन नपुगेको उनले बताए । उनले भने, ‘पार्टीले सररकारलाई काम गर्न नदिएर संसद विघटन गर्नुपरेको भन्दै ओली पक्षको दाबी अस्वीर्य छ ।’ तत्कालीन कृषिमन्त्री समेत रहेका उनले एमसीसी पारित गर्ने विषयमा बाहेक पार्टीले सरकारलाई कुनै विषयमा अवरोध नगरेको उनको दाबी छ ।

त्यसैगरी,उनले एमसीसीका हकमा राष्ट्रको हितमा हुने गरी संशोधन गरेर मात्रै पारित गर्न पार्टीले सरकारलाई निर्देशन दिएको पनि उनले बताए ।

यो पनि