बैशाख २८, २०८१, शुक्रबार
               

कांग्रेसलाई भट्टराईको सुझाव : चुनाव हुन्छ र कांग्रेस पहिलो पार्टी हुन्छ भनी नसोच्दा हुन्छ

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई ओलीले चुनाव गराउँछन् भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । 

संसद विघटनको विरोधमा जसपाले गरेको प्रदर्शनको क्रममा पूर्वप्रधानमन्त्री तथा जसपा नेता बाबुराम भट्टराईले सो कुरा बताएका हुन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको ध्येय निरंकुश शासन हो,’ उनले भने, ‘चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ / सरकार चलाउँछौं भन्ने भ्रममा नपर्नुस् ।’

केपी ओलीले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म चुनाव नगराउने उनको भनाइ छ । त्यसैगरी, चुनाव भ्रम मात्र भएको बताउँदै उनले आफ्नो निरंकुश शासन गर्ने ध्येयले चुनावको कुरा गरेको उनको भनाइ छ । अदालतबाट संसद पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘अदालतबाट आशा त गरौँ, तर भर गर्ने ठाउँ छैन’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने, किनकि अदालत जहिले पनि सार तत्वमा जाँदैन । न्याय दिने भन्दा पनि विधि प्रमाण पुर्‍याउनेतिर जान्छ । 

यो पनि