काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । आज (शुक्रबार) सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका उनले केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्वास्थ्यमा हृदयेश त्रिपाठी आएका छन् । त्रिपाठीले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने शुक्रबार मात्र मन्त्री बनेका गणेश ठगुन्ना आएका छन् ।
यस्तै कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भूमि व्यवस्थामा रहेकी पद्मा अर्याललाई कृषि तथा पशुपंक्षी विकास मन्त्री बनाइएको छ ।
यसअघि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका लीलानाथ श्रेष्ठलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।