बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, मणि थापा, टोपबहादुर र प्रभु साहले पाए जिम्मेवारी

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक विस्तार गरेका छन् । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार उनले शुक्रबार थप ६ जना मन्त्री नियुक्त गरेका हुन् ।

ओलीले आज थप ६ जनालाई मन्त्री पदको जिम्मेवारी दिएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिएका हुन्।

जिम्मेवारी पाउनेमा पूर्वमाओवादी समूहका टोपबहादुर रायमाझी, मणि थापा र प्रभु शाह छन् । पहिलोपटक ओली प्रधानमन्त्री हुँदा उर्जामन्त्री बनेका रायमाझी यसपटक पनि सोही मन्त्रालयको जिम्मेवारी दिइएको छ । राजनीतिक चिन्तक मणि थापाले पनि यसपटक अवसर पाएका छन् । बौद्धिक र इमानदार छविका थापालाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेकपा अध्यक्ष प्रचण्डसँग सहमत भए पनि सो समूहका नयाँ अध्यक्ष माधवकुमार नेपालसँग असहमत प्रभु साहले श्रम मन्त्रालय पाएका छन् ।

यसैगरी शिक्षामा दावा लामा र खानेपानी मन्त्रीमा गौरीशंकर चौधरीलाई ल्याइएको छ । हेरफेरमा एक जना पनि महिला परेका छैनन् । यसअघि राजीनामा दिनेमा खानेपानी मन्त्री बिना मगर महिला थिइन् । यो हेरफेरपछि मन्त्रिपरिषद्ममा महिला सहभागिता झनै खुम्चिएको छ ।

यो पनि