बैशाख १४, २०८१, शुक्रबार
               

बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८० मध्ये ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

संघीय संसद विघटन भएसँगै नेकपा दुई धारमा विभाजित भएसँगै बागमती प्रदेशमा त्यसको असरस्वरुप अविश्वासको प्रस्ताव दर्ता भएको हो । आफ्नै पार्टीका बहुसंख्यक सांसद मुख्यमन्त्री पौडेलको विपक्षमा देखिएपछि सो प्रदेशमा नयाँ सरकार आउने सम्भावना देखिएको छ ।

नेकपामा दुई धार देखिएसँगै बागमती प्रदेशमा सरकार बनाउनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहयोग अनिवार्य देखिएको छ । सरकार बनाउनका लागि यस प्रदेशमा ५६ जना सांसद चाहिन्छ ।

विवादसँगै दुई धारमा देखिएको सो दलका मात्रै सांसदले बहुमत पुग्ने छैन । सो प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि