जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहनमा प्रहरी हस्तक्षेप

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काडमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ। शुक्रबार वीरगञ्जमा जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । 

पुस ५ गते आइतबार जनता समाजवादी पार्टीले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटनलाई असंवैधानिक भन्दै आएको छ । जसको विरोधस्वरुप जसपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।संसद विघटन भएकै दिन प्रदेश २को अस्थायी राजधानीमा प्रदर्शन गरेको थियो । 

पूर्वतयारीका साथ पुत्ला जलाउन जसपाका नेता कार्यकर्ता घण्टाघरमा भेला भएका थिए । पूर्व निर्धारित कार्यक्रम भएकोले सुरक्षाकर्मीको टोली पनि तैनाथ थियो ।

पुत्ला दहनमा प्रहरी हस्तक्षेप अलोकतान्त्रिक कदम भएको जसपाका युवा नेता ओमप्रकाश सर्राफले बताए । उनीहरुले प्रधानमन्त्रीको पुत्ला जलाउनेवित्तिकै प्रहरीले हस्तक्षेप गरेर निभाएको छ । प्रहरी हस्तक्षेप हुने अनुमान गरेका प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीको दुई/दुई थान पुत्ला बनाएका थिए ।

प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागी नेता कार्यकर्ताले प्रधानमन्त्रीले लोकतन्त्रमाथि प्रहार गरेको बताएका छन् । उनीहरुले लोकतन्त्र, गणतन्त्र र संघीयताको रक्षाका लागि प्रदर्शन गर्नुपरेको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि