जेठ ०५, २०८१, शनिबार
               

पुस ५ गते ओलीले आफूलाई संसद विघटनपश्चात् मात्र भेटे : दाहाल

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले संसद् विघटन गर्ने सूचना पुस ५ गते बिहान साढे ५ बजे नै पाएको बताएका छन् । 

संसद विघटनपश्चात् सडकमा उत्रेको माधव-दाहाल पक्षका अध्यक्ष दाहालले शुक्रबार यस्तो बताएका हुन् । सूचना पाएपछि अरु नेतासँग सल्लाह गरे पनि ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक राखेर संसद विघटन गरेको उनको भनाइ छ । 

संसद विघटन भएको दिन आफू शंकर पोखरेल, सुवास नेम्वाङलगात नेतासँग कुरा गरेर ओलीलाई भेट्न नौ बज्न दश मिनेटअघि बालुवाटार पुग्दा उनी क्याबिनेटमा पुगिसकेको बताउँदै उनले ओलीले त्यसदिन संसद विघटनपश्चात मात्रै आफूसँग भेट गरेको बताए । 

ओलीको संसद विघटनलाई उनले निरंकुशताको  संज्ञा दिँदै सोलाई असफल पार्ने बताए । 

यो पनि