जेठ ०६, २०८१, आइतबार
               

संसद विघटन : आज १३ वटा निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद विघटनविरुद्धका १३ वटा निवेदनमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच  जना न्यायाधीशको संवैधानिक इजलासमा सुनुवाइ हुने बुझिएको छ । उक्त इजलासमा एउटा निवेदन दर्ता भएर रहेको छ भने १२ थान बुधबार प्रधानन्यायाधीश राणाको एकल इजलासले पठाइसकेको छ ।

उक्त निवेदनलाई एकै पटक पेशीमा राखेर सुनुवाइ हुने उच्च स्रोतले जनाएको छ । संविधानको धारा ७६ को व्याख्याको विषय भएको भन्दै विघटनविरुद्धका निवेदन संवैधानिक इजलासमा लगिएको थियो । 

सो संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहितसहित ९ जना न्यायाधीश रहेका छन् । तीमध्ये प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि