जेठ ०६, २०८१, आइतबार
               

संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरी संसद विघटन गरियो: कर्ण

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गरी गलत गरेको बताएका छन् ।

बुधबार एक कार्यक्रममा बोल्दै नेता कर्णले सो कुरा बताएका हुन् । उनले भने, ‘संविधानमा हुँदै नभएको व्यवस्थाको प्रयोग गरेर संसद विघटन गर्नु गलत र अस्विकार्य छ ।’ यसका अलवा उनले वर्तमान सरकारसँग चुनाव गराउने क्षमता नभएको भनी  बताए । उनले भने, ‘जनताको विकासको पैसा काटेर चुनाव हुन सक्दैन। यो रकम काट्न मिल्दैन ।

त्यसैगरी, उनले तत्काल चुनाव हुनसक्ने अवस्था र स्थिति पनि नभएको बताए । उनले भने, ‘अहिलेको अवस्था र अन्योलबाट मुलुकलाई बचाउन हामीले अदालतमा बिन्ती गरेका छौँ ।’

विश्वका धेरै देशमा सडकमा बसेर संसद स्थापित भएका उदाहारण र इतिहास भएको बताउँदै उनले नाजायज कुरा र संविधानविपरीत बदर हुने उनको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि