जेठ ०८, २०८१, मंगलबार
               

ओलीले गल्ती स्विकार गरी आए माफी दिन्छौँ: अध्यक्ष नेपाल

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले ओलीले गल्ती स्वीकार गरे माफी दिने बताएका छन् । संसद विघटनसँगै नेकपा दुई धार भएपछि अध्यक्ष बनेका नेता नेपालले बुधबार सो कुरा बताएका हुन् । 

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अन्तरिम विधानबमोजिम कारबाही गरिएको छ । तर, गल्ती स्वीकार गरेर माफी मागेमा पार्टीम स्वागत छ,’ उनले भने । त्यसैगरी, उनले आफ्नो पक्षीय नेकपा आधिकारिक रहेको पनि बताए । उनले भने  ‘७२ प्रतिशत सदस्य उपस्थित बैठक वैधानिक हुन्छ कि सानो गुट भेला वैधानिक हुन्छ?’

मंगलबार आफूहरु पक्षीय केन्द्रीय कमिटीको बैठकमा ७२ प्रतिशत केन्द्रीय सदस्य उपस्थित भएको उनले बताए । मंगलबारको केन्द्रीय समितिले उहाँलाई नेकपाको अन्तरिम विधानबमोजिम कारबाही गरेको छ,’ उनले भने । 

यो जानकारी संसदीय दललाई दिन चाहन्छु,' नेता नेपालले भने, 'उहाँलाई केन्द्रीय अध्यक्षबाट मात्रै हटाइएको हो, केन्द्रीय सदस्य र सदस्यबाट हटाइएको छैन । आफ्ना गल्ती स्विकार्दै माफी मागेर फर्किए पार्टीमा स्वागत गर्छौ ।’


कस्तो लाग्यो ?

यो पनि