जेठ ०६, २०८१, आइतबार
               

ओलीलाई अध्यक्षबाट हटाइएको बारे निर्वाचन आयोगलाई जानकारी

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड- माधव समूहले निर्वाचन आयोगलाई केपी शर्मा ओलीलाई अध्यक्षबाट निष्कासन गरी माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको जानकारी गराएको छ । 

मंगलबार बसेको सो पक्षको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट निष्कासन गरी माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको छ । नेकपा केन्द्रीय सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता मुक्ति प्रधानसहितको टोली कान्तिपथस्थित निर्वाचन आयोगमा जानकारी गराएको हो । 

यसअघि मंगलबार केपी ओली पक्षले नेकपाको केन्द्रीय कमिटी ४४७ सदस्यीयबाट विस्तार गरेर ११९९ सदस्यीय बनाएको भनी निर्वाचन आयोगमा जानकारी गराएका थिए ।

दुवै पक्षले आआफ्नो दावीसहित आयोगमा पत्र पठाएपछि आयोगले अब नेकपाको कुन समूह बैधानिक हो भन्ने निर्णय दिनुपर्नेछ ।

यो पनि