काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ सुरू भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा सुनुवाइ जारी छ । राणाको इजलासमा आज संसद् विघटनविरुद्ध दायर १२ वटा रिट पेसीमा छन् ।
बाँकी एउटा रिट भने संवैधानिक इजलासमा शुक्रबार पेश हुनेछ । मंगलबार ४ जना सांसदले दायर गरेकाे रिटमाथि पनि आज सुनुवाइ हुने बताइएकाे छ ।