जेठ ०६, २०८१, आइतबार
               

संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघको विरोध प्रदर्शन

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्यार्थी संघले संसद विघटनको विरोधमा मसाल जुलुससहित विरोध प्रदर्शन गरेको छ । नेविसंघले मंगलबार साँझ राजधानीको रत्नपार्कदेखि भोटाहिटीसम्म मसाल जुलुससहित प्रदर्शन गरेको हो ।

सो प्रदर्शन  मसाल जुलुसपश्चात् रत्नपार्कस्थित शान्ति बाटिकामा कोणसभामा  परिणत भएको थियो । सो कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी नेता कुन्दन काफ्लेले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कडा विरोध गरे । 

उनले नेकपाको कोठे राजनीतिले देशका तमाम जनतालाई गुमराहमा राखेको भन्दै आक्रोश पोखे । उनले सर्वोच्च अदालले जनताका पक्षमा फैसला गर्ने विश्वासमा आफुहरु रहेको दाबी गरे ।


कस्तो लाग्यो ?

यो पनि