बैशाख २३, २०८१, आइतबार
               

अध्यक्ष नेपाललाई दाहालले दिए बधाई

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपाललाई बधाई तथा शुभकामना दिएका छन् ।

संसद विघटनसँगै  विकसित राजनीतिक घटनाक्रमसँगै नेपाल-दाहालपक्षीय केन्द्रीय कमिटीले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाइ उनको ठाउँमा माधव नेपाल चयन गरेको छ । सो चयनपश्चात् दाहालले नेपाललाई बधाई तथा शुभकामना दिएका हुन् । 

केन्द्रीय समिति बैठकमै उनले नेपाललाई बधाई दिएका थिए । तर, सो पक्षीय केन्द्रीय कमिटी सदस्य प्रभु साहले नेपाललाई अध्यक्ष बनाइएकोमा असन्तुष्टि जनाएका छन् ।

यसका अलवा  सो केन्द्रीय कमिटीको बैठकले अर्को बैठक आगामी पुस ९ मा बस्ने निर्णय गरेको छ । त्यसैगरी,  बुधबार दिउँसो १ बजे संंसद भवन नयाँबानेश्वरमा संसदीय दलको बैठकसमेत बोलाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि