जेठ ०६, २०८१, आइतबार
               

संसद विघटनविरुद्ध नेकपाकै सांसद अदालतमा

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध प्रतिनिधिसभा तथा नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री मंगलबार रिट दर्ताका लागि सर्वोच्चमा पुगेका छन् । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु पाँच वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै उनीहरु राष्ट्रपतिको संसद विघटनको आदेशबाट बदर गर्न माग गरेका छन् ।

प्रधानमन्त्रीले गरेको संसद विघटन र निर्वाचनको मिति सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिबाट गरेको संसद विघटनको निर्णयबाट हामी निवेदक पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएका छौँ उनीहरुले दर्ता गराएको सो रिटमा उल्लेख छ । 

त्यसैगरी, उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा भएको सो कार्य बदर गर्न अनुरोध गरेका छन् ।

‘अतः मिति २०७७-९-५ मा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने कामहरु सम्पन्न गर्न आवश्यक र उपयुक्त आदेश जारी होस्,’ दर्ताका लागि सर्वोच्चमा पुगेका रिटमा भनिएको छ ।


कस्तो लाग्यो ?

यो पनि